ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु

  • बिहीबार ४ मंिर २०८३ ०४:०० PM
काठमाडौं : चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच इतिहासमै पहिलोपटक संयुक्त त्रिपक्षीय वार्ता सुरु भएको छ। यस साताको एपेक शिखर सम्मेलनमा यो भेटवार्तालाई सबैभन्दा बढी चासोका साथ हेरिएको छ।चीनको प्रविधि केन्द्र (टेक हब) मानिने सेन्जेनस्थित काइलिन भिलामा तीनै जना नेताहरू वार्ताका लागि एकै ठाउँमा भेला भएका हुन्। मुख्य बैठक कक्षमा प्रवेश गर्नुअघि आ–