दाङ : दाङको लमही नगरपालिका–९, शिवखोलास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। बिहीबार बिहान करिब ८:३० बजे लुम्बिनी भ्रमण सकेर बुटवलबाट बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका २२ जनाको बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ। अन्य ३१ जना यात्रुको अवस्था सा