काठमाडौं : बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा अडिएको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ११.०५ अंकले घटेर थियो ।नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकममा भने बुधबारको तुलनामा गिरावट आएको छ। ३४७ वटा स्क्रिप्सको ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँमा खरिदबिक्री भए।बुधबार ४ अर्ब १५ करोडको सेयर कारोबार भएको थियो।कारोबारमा आएकामध्ये १३८ वटा स्टक्सको मूल्य बढ्दा १३२