काठमाडौं : काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि बढेपछि स्थानीय प्रशासनले निगरानी बढाउने भएको छ।मंगल र बुधबार विभिन्न स्थानमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा ठुलो सङ्ख्यामा विदेशी नागरिक फेला परेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुगमनलाई तीव्र बनाउने जनाएको हो। मंगलबार प्रशासन कार्यालय र काभ्रे प्रहरीले पाँचखालबाट शंकास्पद गतिविधि गरिरहेका ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो भने बुधबार बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३६ जना जाप