काठमाण्डु- मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाण्डुले अर्यालविरुद्ध बुधबार नै पक्राउ पुर्जी जारी गरेको हो। सीआईबीका एक प्रहरी अनुसन्धान अधिकारी अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल भारततर्फ फरार भएका