काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कार्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा १७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको छ । सो महिनामा १७ अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५ करोड बढी सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक