काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको भन्दै उनका छोरा कासिम खानले अन्तर्राष्ट्रिय समुदायसँग तत्काल हस्तक्षेप गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत सन्देश सार्वजनिक गर्दै कासिमले आफ्ना बुबाको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन् । उनले सेना प्रमुख असीम मुनीरको नेतृत्वमा रहेको पाकिस्तानी सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाजस्ता गतिविधिमा