काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैकल्पिक लगानी कोषलाई व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले यसअघि लागू रहेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई परिमार्जन गर्दै नयाँ नियमावलीको मस्यौदा तयार पारेको हो । यसले नेपालमा प्राइभेट इक्विटी, भेन्चर क्यापिटललगायत वैकल्पिक लगानीका माध्यमबाट निजी पुँजी