काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत चौधरीको उच्च पदस्थ कर्मचारीको सेवा प्रवेश तथा बढुवाको लागि पेस गरेको शैक्षिक प्रमाणपत्रहरु नक्कली