स्वादको पासोमा परेको स्वास्थ्य

  • बिहीबार ४ मंिर २०८३ ०२:०० PM
असोज–कात्तिक–मंसिर महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक, सांस्कृतिक तथा स्वास्थ्यका दृष्टिले पनि त्यति नै महत्त्वपूर्ण मानिन्छ। नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैं, तिहार, न्हू दयाँ भिन्तुना, छठ र वर्षभरिका चाडपर्वको आआफ्नै सांस्कृतिक महत्त्व भए पनि घरपरिवारका सबै सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने पर्वका रूपमा स्थापित भएकाले यी चाडपर्वले सबैलाई एक सूत्रमा बाँध्ने गरेका छन्।तर, अनेकन् चाडबाडले धेरै मानिसलाई बिरामी बनाएर चिकित