काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सम्पूर्ण निलम्बन तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ। राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिकसहितका सम्पूर्ण प्रतिबन्ध हटाउने निर्णय गरेको हो।अन्तर्राष्ट्रिय निलम्बन फुकुवाका लागि सरकार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीच छलफल भइरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फमाथिको सबै प्रतिबन्ध फुकुवा गरेको हो।राखेपले बिहीबार एक पत्र जारी गर्दै एन्फामाथि लगाए