जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका— ५ स्थित शान्तिपुरको एक घरमा प्रहरी जबरजस्ती घरभित्र पसेर महिलामाथि हातपात, कुटपिटका साथै खानतलासी गरेको भिडियो सार्वजनिक भएको छ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको एक टोलीले गत २९ गते राति करिब ८ बजेको समयमा घरमा प्रवेशगरी मूल ताला फुटाएर, घरको ढोका तथा दराजमा खानतलासी गर्दै रोक्न खोजेका महिलामाथि हातपात, कुटपिट गरेको हो। धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक केशव गौतम नेतृत्वको टोलीले घरको खानतलासी तथा अद