काठमाडौं : काठमाडौंको शंखमूल दोभानस्थित त्रिवेणी शक्तिपीठमा एउटै ढुंगाबाट निर्मित ७ फिट अग्लो छठी माता (षष्ठी भगवती) को मूर्ति स्थापना तथा प्राणप्रतिष्ठा गरिएको छ। छठ पर्वलाई तराई, पहाड र हिमालको साझा सांस्कृतिक पर्वका रूपमा स्थापित गर्ने उद्देश्यले बागमती, मणिमती (मनोहरा) र रुद्रधाराको संगम स्थलमा करिब तीन टन तौलको स्थायी मूर्ति प्रतिष्ठापन गरिएको अभियानका नेतृत्वकर्ता मुकुन्द शर्मा हुमागाईंले बताए। उनी विश्वकै अग्लो १०८ फिटको त्रिशूल निर्माण गरिएको काभ्रेस्थित एकमात्र कालाग्नी