काठमाण्डु– सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । श्रेष्ठले मंसिर ३ गतेदेखि औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । जिम्मेवारी सम्हालेपछि उनले नेपाली सेनासँग विगतमा झैँ साथ, सहयोग तथा रचनात्मक सुझाव प्रदान गर्न सबैमा आग्रह गरेका छन् । उनले नेपाली सेनाको प्रवक्ताको रूपमा आफूलाई आवश्यक सहयोग, सहकार्य र सुझाव