बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालले दिए पुनरावेदनका लागि निवेदन

  • बिहीबार ४ मंिर २०८३ ०८:०३ AM
बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् । दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएकाे स्राेतले बतायाे । मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । अहिलेको प्रक्रियाअनुसार सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतले जनाएको