मकवानपुरमा बिहीवार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै, चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।