सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो : अध्यक्ष ओली

  • बिहीबार ४ मंिर २०८३ ०६:४० AM
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस्स,आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे । ‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विष्लेषण नगरिक राजनीति हुदैन’ अध्यक्ष ओलीले भने ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नु पर्दछ । त्यती नबुझी राजनीति बुझिदैन ।’ अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई बिस्थापन भयो भनेर बुझ्नु नहुने बताए । ... The post सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो : अध्यक्ष ओली appeared first on Kalika Khabar.