काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको सेन्जेनमा भएको द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भएको भेटवार्तालाई अमेरिका–चीन सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले दुई राष्ट्रपतिबीचको बैठक सकिएको पुष्टि गरेको छ। यद्यपि, छलफलका क्रममा भएका सहमति र निष्कर्षबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेटवार्तामा दुई देशबीचको व्यापारिक तनाव, दुर्लभ खनिज (रेयर अर्थ) को निर्यात, अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा लगाइएका प्रतिबन्ध तथा आर्थिक सहकार्यका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको थियो। यसअघि दुवै देशबीच कायम ... The post ट्रम्प र सीबीचको भेटवार्ता सकियो, अब पुटिनसँग त्रिपक्षीय छलफलको तयारी appeared first on Kalika Khabar.