काठमाडौं : नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताएका छन्। एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस्स, आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरेका हुन्। ‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विष्लेषण नगरि राजनीति हुँदैन।’ ओलीले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको व