ललितपुर : पाटन दरबार क्षेत्रमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिक नाचअन्तर्गत बुधबार साँझ ‘चतुर बाथः’ नाटक मञ्चन गरिएको छ। परम्परागत शैली, रोचक संवाद र कलाकारहरूको जीवन्त अभिनयका कारण ‘चतुर बाथः’ नाटक दर्शकमाझ निकै लोकप्रिय बनेको छ।चतुर्याइँ, बुद्धिमत्ता र हास्यरसले भरिपूर्ण नाटकले उपस्थित दर्शकलाई छुट्टै रौनक थपिएको थियो। नाटकको कथावस्तुअनुसार, बजारमा लानावतीले एउटा ठूलो र अर्को सानो गरी दुईवटा बाख्रा बिक्रीका लागि राखेकी हुन्छिन्। कान्छो बाथाहले ६ दाममा सानो बाख्रा ख