काठमाडौं : १८२ सिटको बलियो सरकार छ। नीति बनाउन र कार्यान्वयन गर्न कुनै बाधा छैन। तर, ४ महिनामा पुँजीगत खर्च भने असाध्यै कम छ।चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म पुँजीगत बजेटको ७.५३ प्रतिशतमात्रै खर्च भएको हो। सरकारले ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा ४ महिनामा ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ खर्च गरेको हो। विकास खर्च गत वर्ष ६.२१ प्रतिशतमात्र रहेकोमा यस वर्ष सामान्य सुधार भई ७.५३ प्रतिशत पुगेको छ। कुल बजेट खर्चको प्रगति भने गत वर्षको तुलनामा