एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा द्विपक्षीय वार्ता भएको छ । ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा भएको भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । वार्तामा विश्व व्यापार, आणविक हतियार नियन्त्रण तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय