काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यहोरेको पछिल्लो निर्वाचनको धक्का आन्तरिक कमजोरीका कारण मात्रै नभई निर्वाचनअघि नै आफू नेतृत्वको सरकार विस्थापन गर्ने प्रक्रियाबाट सुरु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल, एल्गोरिदम र सुरक्षा निकायको प्रयोग गरेर एमालेलाई जनताबाट टाढा पुर्याइएको तथा निर्वाचनमा पराजित गरिएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन