गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई पुरानै नागरिकताको निरन्तरता दिए नेपालमा लगानी उल्लेख्य रूपमा बढ्ने बताएका छन् । उनले विदेशमा रहेका नेपालीलाई मतदान, राजनीतिक सहभागिता र लगानीको अवसर दिनुपर्ने बताए । प्रविधिको विकाससँगै विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई अनलाइन मतदानको व्यवस्था गर्न सकिने उनको भनाइ छ