सुनसरी : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहीन बनेको छ। वडाध्यक्षसहित वडाका सबै जनप्रतिनिधिको पद रिक्त भएपछि बिहीबारदेखि वडा कार्यालयबाट हुने सेवा प्रवाह तथा दैनिक कामकाज प्रभावित बनेको स्थानीयले जानकारी दिएका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएका वडाध्यक्ष मुगाधन राईसहित पाँचजनाको पद निर्वाचन आयोगको निर्णयपछि रिक्त भएको हो। वडाध्यक्ष राई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि पार