प्रचण्डको बालेनलाई सुझाव– भारतसँग थाती रहेका सहमति टुंग्याउनुस्

  • बिहीबार ४ मंिर २०८३ १२:०० PM
काठमाडौं :नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन्।रुसको भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना लगायतका कामहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताए।उनले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता र कृषि विकासका सहमति तथा समझदारीहरूलाई पनि अगाडि बढाउन