काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन र प्राकृतिक विपद्को जोखिम मूल्यांकनलाई अनिवार्य प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजद्वारा आयोजित भौगर्भिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा वैज्ञानिक भौगर्भिक अध्ययन आवश्यक रहेको बताए । नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता