काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन् । पार्टीद्वारा राजधानीमा आयोजित दुई दिने (मंसिर २–३) राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै केन्द्रीय कमिटीद्वारा निर्धारित तथा निर्देशित ‘दुई कार्यभार र पन्ध्र काम’को लक्ष्य हासिल गर्न र त्यसको तयारीमा जुट्नका लागि राष्ट्रिय भेला एउटा अङ्ग भएको उनले बताए । पार्टीको राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको बताउँदै उपाध्यक्ष थापाले भेलाप्रति आफ्नो दृढ ऐक्यबद्धता प्रकट गरे । पार्टीको संसदीय दलका नेता समेत रहेका थापाले आगामी स्थानीय, प्रदेश, ... The post आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ : उपाध्यक्ष थापा appeared first on Kalika Khabar.