दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

  • बिहीबार ४ मंिर २०८३ ०५:०३ AM
अबुधाबी : संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपाली नागरिकलाई नै ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली समुदायसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालीलाई ठगी गरी देशको प्रतिष्ठामा आँच पुर्‍याउने जोकोहीलाई उन्मुक्ति दिन नहुने बताएका हुन्। कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने क्रम बढिरहेको भन्दै गुनासो गरेका थिए। ठगीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही गर्न नसकिएको उनीहरूको भनाइ थियो। त्यसक्रममा दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी गतिविधिमा संलग्न नेपालीमाथि कारबाही अघि बढाउने विषयमा नैतिक समस्या हुने ... The post दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन appeared first on Kalika Khabar.