हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहीबार बिहान करिब ८:३० बजे ना १ ज २१४३ नम्बरको सुमो दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।