काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै बादलले जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने निर्णय गरेको बताएका हुन्।उनले पार्टीको राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको बताउँदै उपाध्यक्ष थापाले भेलाप्रति आफ्नो दृढ ऐक्यबद्धता प्रकट गरे। पार्टीको संसदीय दलका