कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने: एमालेको राष्ट्रिय भेला हाटबजार होइन

  • बिहीबार ४ मंिर २०८३ ११:०० AM
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याएका छन्। राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन दिए।उनले भने,‘एमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्‍यो।’ हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरू हलबाट बाहिरिएको, अनाधिकृत व्यक्तिहरुको समेत प्रवेश भएपछि अध्यक्ष ओलीले आज सहभागी र स्वयंसेवकहरूलाई कड