विश्व शौचालय दिवस : काठमाण्डुका सार्वजनिक शौचालयको बेहाल, छिर्नै मुस्किल

  • बिहीबार ४ मंिर २०८३ ०४:४१ AM
काठमाण्डु– ‘सुरक्षित शौचालय, समान भविष्य’ नारासहित आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वव्यापी सरसफाइ संकट समाधान गर्न र सबैका लागि सुरक्षित शौचालयको पहुँच सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर १९ मा यो दिवस मनाइन्छ । सन् २००१ नोभेम्बर १९ मा सिंगापुरका समाजसेवी ज्याक सिमले विश्व शौचालय संगठनको स्थापना गर्दै यो दिवस मनाउन सुरु गरेका