काठमाण्डु – नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार तथा उड्डयन क्षेत्रमा सहकार्य थप मजबुत बनाउने विषयमा दुवै देशका नागरिक उड्डयनमन्त्रीबीच बुधबार नयाँ दिल्लीमा छलफल भएको छ । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुधबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग उनको मन्त्रालयमा भेटवार्ता गरेका हुन् । भारतीय नागरिक उड्डयनमन्त्री किन्जारापुले सामाजिक सञ्जालमार्फत नेपाली