आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा नियुक्त गरेको छ । नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहअन्तर्गतका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन् । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई आपसमा जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने तथा समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको मुख्य जिम्मेवारी रहनेछ । यसअन्तर्गत