काठमाडौं : जनता समाजवादी पार्टी नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै दल त्याग गरेका जिसस प्रमुख, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो।आयोगका अनुसार जसपा नेपालले २०८३ असोज २ मा निर्णय गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समितिले आयोगलाई गराएको छ।पद रिक्त हुनेमा सिरहाका ३ जना, पर्साका २ जना, खोटाङक