काठमाडौं : २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे। त्यसपछि उनकै दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयको बहुमतले सडकबाटै ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्यो। तर, २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले ओलीलाई राहत दियो। सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई छुट्याइदियो र एमाले नेतृत्व ओलीकै हातमा फर्कियो। दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेका ओलीलाई २०७८ असार २८ गते सर्वोच्च अदालतको प