आजदेखि भौगर्भिक सम्मेलन हुँदै, २७ देशका ३५० भन्दा बढी सहभागी हुने

  • बिहीबार ४ मंिर २०८३ ०२:०३ AM
काठमाण्डु – नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन बिहीबारदेखि काठमाण्डुमा सुरु हुँदैछ। समाजका महासचिव शिवकुमार बाँस्कोटाले मंसिर ५ गतेसम्म सम्मेलनको आयोजना गरिएको जानकारी दिए।अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताए। सम्मेलनको उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ।