बिजुलीको उज्यालोमा मृत्युको अँध्यारो

  • बिहीबार ४ मंिर २०८३ ०७:०० AM
नागरिकलाई बिजुलीको उज्यालो चाहिएको छ। गाउँगाउँमा यसको सेवा विस्तार पनि भएको छ। सेवा नै जोखिमको कारण नबन्नुपर्ने हो। तर बिजुलीका नांगा तारहरू यति जोखिमपूर्ण छन् कि तिनीबाट उज्यालोमात्रै होइन, जीवनको अँध्यारो पनि प्रवाह भइरहेको छ। गुल्मी जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा मात्रै करेन्ट लागेर सात जनाले ज्यान गुमाएको तथ्यले यही अँध्यारो पाटो उजागर गर्छ।लुम्बिनी प्रदेशमा दर्जनौंले बिजुलीको करेन्टबाट ज्यान गुमाएका छन्। तीमध्ये विद्युत् प्राधिकरणकै कर्मचारी १० जना छन्। प्राधिकरणको कामकै सिलसिलामा तिनीह