एजेन्सी/चेन्नई : भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तानमध्ये एक महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट पनि खेलाडीका रूपमा सन्न्यास लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२० मै बिदा भएका धोनीले आईपीएलको खेलाडी जीवनलाई पनि पूर्णविराम लगाएका हुन्। यससँगै झन्डै दुई दशक लामो उनको आईपीएल यात्रा समाप्त भएको छ।४५ वर्षीय धोनी अब खेलाडीका रूपमा मैदानमा देखिने छैनन्। तर, उनी चेन्नई सुपर किङ्ससँगै रहनेछन्। फ्रेन्चाइजले उनलाई आईपीएलको आगामी संस्करण लागि मेन्टरको जिम्मेवारी दिएको छ। खेल