दिल्ली विमानस्थलमा जबर्जस्ती प्रवेश गर्न खोज्ने व्यक्ति पक्राउ

  • बिहीबार ४ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेका एक व्यक्तिलाई केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का जवानले पक्राउ गरेका छन् ।विमानस्थलको टर्मिनल–३ मा रहेको प्रस्थान द्वारबाट आवश्यक कागजातबिना भित्र पस्न खोजेका ती व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् । घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।सीआईएसएफले बुधबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको २५ सेकेन्डको भिडियोमा ती व्यक्ति सुरक