सडक पूर्वाधार विकासका लागि मधेसमा ५० अर्बभन्दा बढी बजेट : मन्त्री लम्साल

  • बिहीबार ४ मंिर २०८३ ०३:०० AM
जनकपुर : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन गरेको बताएका छन् ।बुधबार जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडकको विकास र निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए ।उनले चालु आर्थिक वर्षमा मधेस प्रदेशका लागि एकमुष्ट रूपमा उल्लेख्य बजेट विनियोजन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकासका लागि बजेट वृद्धि ग