दुबई : गृहमन्त्री सुधन गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान तथा विदेशमा नेपाली नागरिकको हितरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।यूएई भ्रमणमा रहेका गृहमन्त्री गुरुङले आज दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली समुदायका अगुवा तथा श्रमिकहरूसँग अन्तरक्रिया गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।अन्तरक्रियाका क्रममा सहभागीहरूले वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न समस्या, श्रमिकले भोग्नुपरेका कठिनाइ तथा यूएईमा रहेका नेपाली नागरिक