काठमाडौँ : रुससँगको युद्धमा युक्रेनले नयाँ सैन्य रणनीति अपनाएको छ । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा पुरानो सोभियतकालीन ग्यास पाइपलाइनभित्रै सैनिकहरू बसेर रुसी सेनाविरुद्ध लडिरहेका छन् ।करिब एक मिटर व्यास भएको साँघुरो पाइपलाइनमा सैनिकहरू घिस्रिएर आवतजावत गर्छन् । जमिनमाथि ड्रोन, तोप र बम आक्रमणको जोखिम बढेपछि पाइपलाइनभित्रबाट सैन्य गतिविधि सञ्चालन गर्न थालिएको हो । यसले सैनिकलाई हवाई आक्रमणबाट केही हदसम्म सुरक्षित राखेको छ ।युक्रेनी सेनाका अनुसार अप्रिलदेखि सुरु भएको ‘अपरेसन भेल्स&r