काठमाडौं : भारतले नेपालबाट ६१५.०२ मेगावाट विद्युत् निर्यातका लागि औपचारिक स्वीकृति प्रदान गरेको छ। भारतीय पक्षले बुधबार उक्त परिमाणको विद्युत् खरिद तथा निर्यातका लागि अनुमति दिएको हो। यो स्वीकृतिसँगै नेपालको ऊर्जा क्षेत्रमा अर्को एक महत्त्वपूर्ण सफलता थपिएको छ भने मुलुकको वैदेशिक मुद्रा आर्जनमा समेत ठूलो टेवा पुग्ने देखिएको छ।स्वीकृत प्राप्त भएको ६१५.०२ मेगावाट विद्युत् नेपाल र भारतबीच रहेका विभिन्न अन्तरदेशीय प्रसारण लाइनहरूमार्फत भारततर्फ प्रवाह गरिनेछ। जसअनुसार मुख्य गरी ४०० केभी क्षमताक