काठमाडौं : काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित एक घरमा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बागमती प्रदेश–०२–०३६ प ४९७५ नम्बरको स्कुटरसहित ३२ वर्षीय दीपेश डंगोललाई पक्राउ गरेको हो। प्रहरीले उनको कोठा खानतलासी गर्दा सुन तथा चाँदीजस्तो देखिने विभिन्न गरगहना, सिक्का, मूर्तिलगायतका सामानहरू बरामद गरेको छ। साथै, पक्राउ परेका डंगोलविरुद्ध जिल्ला अदालत काठमा