रकम अपचलन र ठगी प्रकरणमा पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित ६ जना पक्राउ

  • बुधबार ३ मंिर २०८३ १०:०० PM
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्री र एक पूर्वसचिवसहित ६ जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोडभन्दा बढी रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।  सीआईबीका अनुसार काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा अछाम घर भएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, सर्लाही घर भएका तत्काली