सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजश्व