चितवन राइनोज राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गर्याे। चितवन अब दाेस्राे क्वालिफायरमा भाेलि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । काठमाडौं भने इलिमिनेटरबाटै बाहिरिएको छ। जितका लागि पाएकाे २०५ रनको विशाल लक्ष्य पछ्याएकाे काठमाडौं १४३ रनमा राेकियाे। जसमा विल