काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराईरमधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो तीन हजार ४५४ मिटरको महादेवटार सुरुङमार्गको दुवैतर्फका सुरुङ जोड्ने (ब्रेकथ्रु) कार्यक्रममा आज आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिए । राष्ट्रिय गौरवको यस रणनीतिक महत्त्वको आयोजना निर्माण